आमा टीका पुनले गाएको गीतमा छोरीको गज्जवको अभिनय (भिडियो सहित)

सुर्खेत, २६ असोज (जागरण) । ‘झम्के साँझैमा, सम्झना छदैछ यो मुटु माझैमा भेरीमा, मन आत्तिन्छ सम्झिदा सोल्टीज्यु खेरीमा’।

टीका पुन भन्नेबित्तिकै सुरिलो आवाजकी धनी र लाखौं दर्शक, श्रोताको मनमा बस्न सफल सदाबहार लोकप्रिय गायिका भन्ने कुरा सवैलाई थाह छँदैछ । गायिका पुनका प्रायः गीतहरु उत्तिकै चर्चित र लोकप्रिय छन् ।

गायिका पुन र गायक अर्जुन सुनामको आवाजमा रहेको मौलिक झ्याउरे गीत भेरी युट्युवमार्फतमा सार्वजनिक भएको छ । झ्याउरे गीत र नाँच सुर्खेत लगायत कर्णाली प्रदेशको मौलिक गीत हो । सुर्खेतमा जन्मिएकी पुन र सुर्खेतबाट सांगीतिक यात्रा शुरु गर्नुभएका सुनामको गीत अहिले युट्युवमा निकै लोकप्रिय बनेको छ ।
गीतमा मायाँ गरेको मान्छेलाई गुनासो गरेको भाव समेटिएको छ । चर्चित शव्द लेखक रमेश बिजीको शब्द रहेको गीतमा तिलक गन्दर्भको संगीत छ । मौसम हिमालीको निर्देशनमा करण चैसिरले छायाँङ्कन गर्नुभएको हो ।
निकिता गायिका टीका पुनको छोरी हुनुहुन्छ । भिडियोमा टीका पुन र उहाँकी छोरी दुरुस्तै देखिएका छन् ।
हेर्नुहोस् यो भिडियोः