सरकारी काममा ढिला सुस्ती नगरः जनता (अडियोसहित)

सुर्खेत, ६ कात्तिक (जागरण) । सरकारी कार्यालयमा काम लिएर जाने जो कोहीले पनि हैरानी बेहोर्ने गरेको गुनासो आउने गर्छ । अझै सबैभन्दा धेरै व्यस्त रहने मालपोत कार्यालयमा सेवा लिन जाने नागरिकहरुले त अझै हैरानी बेहोर्नु परेको गुनासो गर्ने गर्छन् ।
काममा ढिलासुस्ती हुने गरेको भएपनि यसको समाधान कहिले पनि हुदैन् । कर्मचारहरु समयमा अफिसमा नआउने, बिभिन्न बाहानामा फाइलहरु घुमाउने गरेका हुन्छन् ।