हिउँ चितुवा गणनाका लागि सीसी क्यामेरा जडान गरिँदै

खड्क सुनार
मुगु, ७ कात्तिक (रेडियो सौर्यदय) । हिउँ चितुवा निगरानि गर्न ६० क्यामेरा जडान गरिने भएको छ । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय डोल्पा अन्र्तगत मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर १ डोल्फु क्षेत्रमा हिउँ चितुवाको संख्या कति छ भनेर पत्ता लगाउनको लागी क्यामरा जडान गरिने भएको हो ।
निकुञ्ज अन्र्तगत मुगु जिल्लाको मुगमकामारोङ्ग गाँउपालिका वडा नम्बर १ डोल्फु क्षेत्रमा हिउँ चितुवा भएको संख्यको एकिन नभएकोले विवरण संकलनको लागि क्यामेरा जडान गर्न लागिएको जनाइएको छ ।
राष्ट्रिय निकुञ्जको आयोजनामा विश्व बन्यजन्तु संरक्षण कोषको प्राबिधिक र आर्थिक सहयोगमा डोल्फु क्षेत्रमा चार वाई चारको क्षेत्रफलमा यू आकारमा ६० स्थानमा ६० बटा क्यामरा जडान गरिने छ ।
जडान गरिएको क्यामरा ४५ दिन देखी ६० दिन सम्म निकुञ्जको राख्ने गरी ३ समुहमा २५ जनाको टोलीले हिउ चितुवाको विवरण पत्ता लगाउन लागेको निकुञ्जका सिनियर गेमस्काउट बिर बहादुर बुढाले बताउनुभयो ।
यस क्षेत्रमा पाइने लोप उन्मुख प्रजातीका जनावरहरुको चोरी शिकारी गर्ने गरिएको भन्दै यसको रोकथामका लाग्नुपर्ने स्थानीयले बताउदै आएका छन् ।