खुल्ला चौरमा बेवारिसे शव फेला

सुर्खेत, २१ चैत (जागरण) । वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा बेवारिसे शव फेला परेको छ । चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउने भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सहायक प्रहरी निरीक्षक नविन शाहीले जानकारी दिनुभयो ।