सुर्खेतमा मंगलबार राती १२ बजेदेखि लकडाउन

सुर्खेत, १३ बैशाख (जागरण) । सुर्खेतमा मंगलबार (भोली) रातीदेखि लागू हुने गरी बन्दा बन्दी (लकडाउन) गर्न जिल्ला जिल्ला कोरोना संकट व्यवस्थापन समितिले सफिारिस गरेको छ ।
कोरोना भाइरसको संक्रमणदर तिब्र रुपमा फैलिदै गएकोले त्यसको नियन्त्रणका लागि भोलि राति १२ बजेदेखि एक हप्तासम्म लकडाउन गर्न समितिले सिफारिस गरेको हो ।
सुर्खेतका प्रमुख जिल्लाअधिकारी छविलाल रिजालका अनुसार समितिको निर्णय अनुसार सुर्खेत जिल्लाभर एक हप्ता निषेधाज्ञा जारी गरिनेछ । कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा आदेश लागू गर्न लागिएको उहाँले बताउनुभयो । संक्रमणको जोखिम घटाउन निशेधाज्ञा जारी गरिएकोले यसको पालना गर्न प्रशासन उहाँको सुझाब छ । अहिले सुर्खेतमा मात्रै ३ सय बढी सक्रिय कोरोना संक्रमित विरामी छन् ।