चाैकुने गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी अब काेराेनाका बिरामीका लागि एम्बुलेन्स

सुर्खेत २७ बैशाख ( जागरण ) ।

चाैकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाहीले आफू चढ्ने गाउँपालिकाकाे गाडीलाई काेराेना संक्रमितहरुलाई आेसार गर्ने  एम्बुलेन्स बनाउनुभएकाे छ ।

गाउँपालिकाका अध्यक्ष शाहीले आफ्ना पालिकावासीलाई एम्बुलेन्स सेवा अभाव हुन नदिनका लागि आफू चढ्ने गाडीलाई नै एम्बुलेन्समा रुपान्तरण गर्नुभएकाे हाे । गाउँपालिकामा जम्मा २ वटा एम्बुलेन्स मात्र रहेकाेमा ती एम्बुलेन्सहरुलाई अन्य विरामीका लागि प्रयाेग गर्ने र गाउँपालिकाकाे आफू चढ्ने गाडीलाइ काेभिडका बिरामी बाेक्नका लागि मात्र प्रयाेग गर्ने बताउनु भएकाे छ । कर्णालीमा अहिलेसम्म आफ्नाे गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गर्ने पालिका चाैकुने मात्र रहेकाे छ । गाउँपालिकाले ५० शैय्याकाे काेभिड आइसाेलेसन कक्ष स्थापनाकाे लक्ष्यसहित हालसम्म २१ शैय्याकाे तयार गरिसकेकाे पनि अध्यक्ष शाहीले बताउनुभएकाे छ ।