तपाईंको क्षेत्रमा बाढी आउँदै छ कि ? यसरी थाहा पाउनुहोस्

फाईल तस्वीर

काठमाण्डौं, १८ असार । वर्षायाम सुरु भएसँगै मनसुन सक्रिय भएको छ । अविरल वर्षासँगै देशका केही ठाउँमा डुवान भएको छ । खहरेखोला र नदीहरुमा पानीको सतह बढेको छ । बाढी र पहिरोको जोखिम पनि उतिकै छ ।
तपाईंको घर नजिकै पनि सानाठूला खोला र नदीहरु छन् भने सतर्क हुनेवेला आएको छ । पानीले भिजेको जमिन भासिने र पहिरो जान सक्ने भएकोले त्यसतर्फपनि सचेत हुनु जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वसूचना सेवाले जनाएको छ ।

तपाईंको नजिकैको खोलामा पनि बाढी आउँदै छ कि ? यसरी थाहापाउनुहोस्

१) ११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन

२) तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्करहनुहोस्’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।

३) तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने

१) ११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन

२) तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्करहनुहोस्’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।

३) तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने www.hydrology.gov.np भित्र गएर हेर्नुहोस् । त्यहाँ आगामी २४ घण्टासम्मको बाढी भविष्यवाणी अपडेट भइराखेको हुन्छ छ । कुन नदीमा कती बहाब छ, कहाँ कती पानी परिराखेको छ भन्ने जान्न River Watch र Rainfall Watch  हेर्नुस् ।

४) बाढी सूर्व सूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोका जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा फोनसमेत गर्न सक्नुहुन्छ ।

५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बासाल्नुसोस् ।

अनलाईनखबर ।