युवती बलात्कारको आरोपमा एक जना पक्राउ

सुर्खेत, ११ भदौ (जागरण) । सुर्खेतको चौकुने गाँउपालिकामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
स्थानीय २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ४६ बर्षिय दानबहादुर दानीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
प्रक्राउ परेका दानीलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।
यस्तै, सुर्खेतको लेकवेशी नगरपालिकामा फेसबुकमा महिलालाई अश्लिल तस्बिर पठाउने एक युवक पक्राउ परेका छन् ।
कल्यानका टीकाराम खड्कालाई महिलालाई अश्लिल तस्बिर पठाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२३ वर्षीय खड्काले आफ्नो फेसबुक आइडीबाट महिलालाई अश्लील फोटो पठाएको मुद्दा दर्ता भएपछी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले बताउनुभयो ।
खड्कालाई प्रारम्भिक अनुसन्धान गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाण्डौ पठाइएको छ ।
यही भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी अपराध संहिता ऐन अनुसार विद्युतीय माध्यमबाट अश्लील फोटो वा चित्र देखाएमा, यौन दुर्व्यवहार गरेको मानिने र तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।