बड्डिचौरमा ट्राफिक सचेतना

सुर्खेत, ११ कात्तिक (जागरण) । कर्णाली राजमार्गमा चल्ने सवारी साधन चालकका लागि सुर्खेतको वराहतालमा सचेतना कार्यक्रम गरिएको छ ।


अधिकांश सवारी दुर्घटना ‘ओभरटेक’ का बेला सचेत नहुँदा हुने गरेको भन्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट बड्डिचौरको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो ।
सचेतना कार्यक्रममा चालकहरुलाई ओभरटेक गर्दा बाल्नुपर्ने साइडलाइट र हर्नका विषयमा जानकारी गराइएको प्रहरी हवलदार गणेश बुढाले बताउनुभयो ।
उहाँका अनुसार दर्जन बढी सवारी चालक तथा सहचालकहरुलाई सचेत गराइएको छ ।