जनयुद्ध दिवस मनाइदै

काठमाण्डौँ, १ फागुन (जागरण) । आज जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर शहीदको सम्मानमा देशभर कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरिसकेको छ ।
२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा माओवादी घटकहरूले प्रत्येक वर्ष आ आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आइरहेका छन् ।
यस पटक गत जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टीको घोषणा भएको थियो ।