विदा हुँदै एआइजी चन्द र प्रमुख सचिव प्रधानले भने…

सुर्खेत, २९ चैत (जागरण) । कर्णाली प्रदेशका प्रमुख सचिव सुरेश प्रधान र प्रहरी अतिरिक्त महानिरिक्षक रणबहादुर चन्दले विदाइका क्रममा प्रदेश तथा स्थानिय सरकार र आम नागरिकहरुलाई धन्यवाद दिएका छन् ।
विदाई कार्यक्रममा पनि आफू जहाँ रहेपनि कर्णालीको समृद्धिका लागि डटेर लाग्ने प्रतिवद्धता जनाउनुभएका चन्दले एसएमएस सेवामार्फत् समाजसेवी तथा वुद्धीजिवीहरुलाई आफू फेरी पनि कर्णाली प्रदेशमा फर्किएर आउने बताउनुभयो ।
यस्तै विदाइका क्रममा कर्णाली प्रदेश सकारकरा प्रमुख सचिव सुरेश प्रधानले कर्णाली प्रदेशबाट बिदा भएर गएपनि कर्णालीको हरेक समस्यामा साथ दिने बताउनुभएको छ । उहाँले कर्णाली प्रदेशमा गरेका हरेक चुनौतिपुर्ण कामले सिक्ने अवसर मिलेको बताउनुभयो ।
साथै उहाँले प्रदेशलाई समृद्ध बनाउनका लागि सरकार र कर्मचारीबिचको सम्बन्ध प्रगाढ बनाउन पनि सुझाव दिनुभयो ।
विदाई कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुबै जनाले कर्णाली प्रदेश निर्माणमा ठुलो भुमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले कर्णाली प्रदेशलाई सुन्दर वगैँचा बनाउनका लागि यस्ता क्षमतावान् व्यक्तिको खाँचो रहेको बताउनुभयो ।