विद्यालयमा सेनेटरी प्याडको व्यवस्थाः छात्राहरुमा नियमितता

प्रभा रावत ।

सुर्खेत,१६ वैशाख (जागरण) विद्यालय उमेरका छात्राहरु महिनावारी हुँदा विद्यालय समेत जाँदैनन् । तर पछिल्लो समय सुर्खेतमा विद्यालयहरुले महिनावारी हुँदा प्रयोेग गरिने सेनटरी प्याडको व्यवस्था, औषधि र आराम कक्षको व्यवस्था गरेका छन् । जसले गर्दा छात्राहरु महिनावारी हुँदा विद्यालय नियमित जाने गरेका छन् । जागरण एफएम सुर्खेतबाट प्रभा रावतको रिपोर्ट ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्वर १३ को नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सोनु वि. क. । विद्यालय जान हिड्नु भएकी सोनु धेरै पटक आधा बाटो बाटै घर फर्किनुभएको छ । तर अहिले विद्यालयले महिनावारी हुँदा सेनेटरी प्याड उपलब्ध गराउन थालेपछी उहाँ लगायत अरु छात्रालाई पनि सहज भएको छ । सुर्खेतका कतिपय विद्यालयले आफै प्याडको व्यबस्थापन गरेका छन् भने कतिपय विद्यालयका विद्यार्थी आफैले खाजा खाने पैसा बचाएर प्याडको व्यबस्थापन गरेका छन् ।


वीरेन्द्रनगर नगरपालिका वडानम्वर ११ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एलिना शाहीलाई पनि पहिला महिनावारी हुँदा विद्यालय जान मनै लाग्दैनथ्यो । तर अहिले विद्यालयमा सेनेटरी प्याड उपलव्ध हुने गरे पछि उहाँ लगायत उहाँका साथिहरु निरन्तर विद्यालय जाने गर्नुहुन्छ ।
महिनावारी भएकै बेला हुने पिडालाई कम गर्नका लागी विद्यालयमा प्राथामिक स्वाथ्यको व्यबस्थाका साथै शौचालयमा प्रयाप्त पानीको व्यबस्था समेत गरिएका छन् । विद्यालयले गरेका यस्ता व्यवस्थाबाट छात्राहरुको कक्षामा नियमित उपस्थित बढेको बताउनुहुन्छ नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षिका सीता उपाध्याय ।
सुर्खेतमा पाँच सय २ वटा सामुदायिक विद्यालय छन् । विद्यालयहरुमा सेनेटरी प्याडमात्रै होइन, महिनावारी भएका बेला समस्या सुनुवाईका लागि फोकल पर्सनको व्यवस्था गरिँदा छात्राहरुलाइृ अझै सजिलो भएको छ ।

सुनाै अडियाेः