सुर्खेत, ९ असोज (जागरण) । अमरज्योति नमूना माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले विहीबार एक कार्यक्रमगरी स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड कर्णाली प्रदेश कार्यालयमा प्रमुख जीतबहादुर शाहले हरेक व्यक्तिमा विशेष क्षमता हुने भन्दै आफू भित्र भएको क्षमतालाई चिनेर अगाडी बढ्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो ।
आफूमा भएका क्षमतालाई चिन्न सकेमात्र भविष्य उज्जवल हुने शाहाले बताउनुभयो । विद्यार्थीकालमा आफ्नो कठिन जीवन यात्राका बारेमा विद्यार्थीहरुलाई सुनाउँदै जस्तो सुकै दुःख र पृष्ठभूमीबाट आएको भएपनि मेहनत गरे गन्तव्यमा पुग्न सकिने बताउनुभयो । कार्यक्रममा प्राधानाध्यापक खगेन्द्र थापाले कक्षा ११ का विद्यार्थीहरुलाई शुभकामना दिँदै अध्ययनमा ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, गजल मुत्तकहरु प्रस्तुत समेत गरेका थिए ।