जुम्लाको सिंजामा विश्व भाषा सम्मेलन गरिदै

सुर्खेत, १० असोज (जागरण) । नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजामा कर्णाली प्रदेश सरकारले विश्व भाषा सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपाल पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर प्रदेश सरकारले विश्वभरि छरिएर रहेका नेपाली भाषीलाई कर्णालीको सिंजामा भेला गर्न लागेको हो ।
‘भाषा संरक्षण, संवद्र्धनका साथै खस भाषालाई विश्वभर फैलाउने उद्देश्यले सिञ्जामा भाषा सम्मेलन आयोजना गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
सामाजिक विकासमन्त्री दल रावललका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको समन्वयमा विश्व भाषा सम्मेलन गर्ने तयारी गरिएको हो । ‘दशैलगत्तै तयारी थालेर चैतभित्र सिञ्जामा भाषा सम्मेलन सम्पन्न गर्ने मन्त्री रावलले बताउनुभयो ।
उहाँले कर्णाली प्रदेश सरकारले विश्वभर रहेका नेपाली दूतावासमार्फत नेपाली भाषीलाई आमन्त्रण गरिने तयारी गरिएको बताउनुभयो । विश्व भाषा सम्मेलनका लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ छुट्याएकोे छ ।
प्रदेश सरकारले भाषा सम्मेलनमा सिंजा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई रारा तालसम्म पु¥याउने तयारी समेत गरेको छ ।