दैलेख, १० असोज (जागरण) । दैलेख भगवतीमाई गाउँपालिकामा दसैँअघि नै बत्ती बल्ने भएको छ । त्यसका लागि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सदरमुकामदेखि २२ किलोमिटर टाढाबाट लाइन तानेर गाउँमा विद्युत पु¥याइएको छ । पोल विस्तार गरिएसँगै ट्रान्समिटर जडान गरेर परीक्षण समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
गत आर्थिक बर्षमा गाउँपालिकाले ४५ लाखको टेन्डर गरेको थियो । सामुदायिक ग्रामीण विद्युतीकरणको साझेदारीमा राष्ट्रिय प्रशारणको काम अघि बढाएको थियो । आज सम्म ६० घरधुरीले मिटरको माग गरीसकेको विद्युत प्राधिकरण शाखा दैलेखले जनाएको छ ।
शाखाका निमित्त प्रमुख पुर्णबहादुर खत्रीले दशैँ सम्म ६० ओटा मिटरहरु जोडिने जानकारी दिनुभयो ।
बेस्तडा बजारसम्म गाउँपालिकाको लगानीमा लाइन विस्तार भएको गाउँपालिका अध्यक्ष दान बहादुर थापाले बताउनुभयो । उहाँले दशैँ अगाडी नै आफ्नो गाउँपालिकाका ६० घरलाई उज्यालो बनाइने बताउनुभयो ।
उहाले भगवतीमाई उज्यालो कार्यक्रम गत सालदेखि शुरु गरिएको भन्दै अबको दुई बर्षभित्र सबै पालिकाभर विद्युत विस्तार गरिसक्ने बताउनुभयो ।
उहाले गाउँपालिकाभर विद्युत विस्तारका लागि एक करोड रकम विनियोजन गरिएको जनाकारी दिनुभयो ।