सुर्खेत, १० असोज (जागरण) । कर्णाली प्रदेश सरकारले १३ औ विश्व रेविज विरुद्धको दिवस विभिन्न जनचेतना मुलक कार्यक्रम गरेर मनाउने जनाएको छ । रेविज उल्मुन गरौ भन्ने मुलनाराका साथ विश्व रेविज दिवस मनाउने सरकारले जनाएको हो ।
कर्णाली प्रदेशका अन्य जिल्ला भन्दा तिन जिल्ला बढी रेविजको प्रकोप देखिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपंक्षी विकास महाशाखाका डाक्टर कृष्णराज पाण्डेले बताउनुभयो ।
उहाँका अनुसार सुर्खेत, कालिकोट, सल्यान, सवै भन्दा वढि प्रभावित भएकाले घरपालुवा जनावरलाई रेविज विद्धको खोप लगाउन नागरिकलाई आग्रह्र गर्नु भएको छ ।
घरपालुवा जनावर कुकुर, विरालो, मुसालगायतका जनावरवाट मानिसमा सर्ने भएकाले कुकुर जन्मेको तिन– तिन महिनाको अन्तरालमा रेविजको खोप लगाउनुपर्ने डाक्टर पाण्डेले बताउनुभयो । (सुन्न्होस अन्तरवार्ता)