कालिकोटमा यात्रु सहायता कक्ष संचालन

हस्त चौँलागाई
कालिकोट, १३ असोज (रेडियो चंखेली) । जिल्ला प्रहरी कार्यालय कालीकोटले यात्रुहरुलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
दुर्घटनाबाट आफु पनी बाचौँ, अरुलाई पनी बचाऔँ, असल चालकको कर्तव्य पालन गरौ भन्ने मुल नाराका साथ यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो ।
बढ्दै गएका सवारीसाधन दुर्घटनाको कारण पत्ता लगाई सवारी चालकको चेकजाँच, लामो यात्राका सवारी चालकलाई सहजताका लागि दुई चालक हुनुपर्ने, सवारीसाधनमा यात्रा गर्दा आफ्नो सर–समानको बारेमा चालक तथा सह–चाहलाई जानकारी गराउनुपर्ने, लगायतका विषयलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कालीकोटले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताउनुभयो ।
चालकको अस्वभाविक हरकत तथा क्रियाकलापलाई दुरुत्साहन गरिने उहाले बताउनुभएको छ ।