सुर्खेत, १३ असोज (जागरण) । अपाङ्गता भएका व्यक्तीहरुलाई हरेक क्षेत्रको ग्यारेन्टी गरिनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित कर्णालीका विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ ।
सुर्खेत अपाङ्ग समाजले अपाङ्गता भएका व्यक्तीहरुलाई हरेक क्षेत्रको ग्यारेन्टी गरिनुपर्ने ४४ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा सुर्खेत जिल्ला भर रहेको विभिन्न अपाङ्ग व्यक्तिहरुको गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरिनुपर्ने उल्लेख छ ।
ज्ञापनपत्र बुझाउदै अपाङ्गता समाज सुर्खेतका अध्यक्ष मायाँ प्रसाद जैसीले अपाङ्गता भएका व्यक्तीहरुको लागि विशेष कार्यक्रम मार्फत गास, बास, कपास, शिक्षा स्वास्थ्यको र रोजगारीको ग्यारेन्टी गरिनुपर्ने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुको लागि राज्यले बनाएको नीति नियम र कानुनमा ध्यान नदिइएको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा उहाले जोड दिनुभयो ।