प्रदेश सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको दाबी (अडियोसहित)

नन्द कठायत
सुर्खेत, १४ असोज (जागरण) । प्रदेश सरकार गठन भएपछि कर्णालीको स्वासथ्य क्षेत्रमा उल्लेख्य परिवर्तन भएको स्वास्थ्य महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।
कर्णाली रैबारसँग कुरा गर्दै सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य महाशाखाका प्रमुख वृश बहादुर शाहीले प्रदेश सरकार गठन भएपछि कर्णालीको स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभएको हो ।
१० वटै जिल्लाका अस्पतालहरुमा भौतिक पूर्वाधारसहित विभिन्न उपकरणहरुको व्यवस्था गरिएको भन्दै विगतको भन्दा अहिले स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको उहाले बताउनुभयो ।

शाहीले अहिले गाउँ गाउँसम्म एम्बुलेन्सबाट स्वास्थ्य सेवासम्म नागरिहरुलाई लिइएको भन्दै कुनैपनि नागरिक स्वास्थ्य क्षेत्रको पहुँचबाट बञ्चीत नहुने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रलाई अझै सुधार गर्नको लागि विभिन्न मापदण्ड बनाएर अगाडी बढेको भन्दै आगामी बबर्षदेखि डिजिटल सिस्टमबाट काम हुने बताउनुभयो ।

कर्णाली प्रदेश विशेषगरी स्वास्थ्य क्षेत्रबाट महिला र पछाडी पारिएका वर्गहरु पहुँचमा नरहेको भन्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको शाहीले बताउनुभयो ।