विप्लव समूहद्वारा प्रशासकीय अधिकृतमाथि हातपात

खड्क सुनार
मुगु १४ असोज (रेडियो सौर्यदय) । नेत्र विक्रम चन्द समूहको नेकपाका कार्यकर्ताले मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायमाथी कुटपीट गरि कालो मोसो दलेका छन् ।
आज गमगढीदेखि गाउँपालिका कार्यालय सोरुकोट तर्फ जाँदै गरेका उपाध्याय माथी तारापानीमा हातपात गरि कालो मोसो दलेका हुन् ।
उपाध्याय माथि विप्लव समूहले तारापानी सिप गाउँमा हातपात गरेका थिए । हातपात गर्नेहरुको खोजिका लागि प्रहरी चौकी कालै र जिल्लाबाट समेत प्रहरी खटाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।
कुटपिट पछि घाईते भएका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई जिल्ला अस्पताल गमगढी ल्याएर उपचार भईरहेको छ ।