दोहोरो करको मारमा अटोरिक्सा व्यवसायी

सुर्खेत, १४ असोज (जागरण) । कर्णालीको राजधानी वीरेन्द्रनगरमा सञ्चालित अटोरिक्सा व्यवसायीले आफुहरु दोहोरो करको मारमा परेको गुनासो गरेका छन् ।
उनिहरुले नगरपालिका र यातायात व्यवस्था कार्यालयलाई दोहोरो कर तिर्नुपरेको भन्दै आफुहरु दोहोरो मारमा परेको गुनासो गरेका हुन् ।
यातायात व्यवस्था कार्यालय र वीरेन्द्रनगर नगरपालिकाले करिब पाँच सय व्यवसायीबाट दोहोरो कर लिइरहेका छन् ।
यातायात व्यवस्था कार्यालयले रुट परमिट र सवारी दर्ता कर ६ हजार तीन सय, नवीकरण कर दुई हजार तीन सय र नगरपालिकाले सवारी दस्तुर, सिफारिस कर भनेर चार हजारदेखि पाँच हजार रुपैयाँसम्म लिने गरेको छ ।
अटोरिक्साबाट स्वरोजगार बन्न खोज्दा पनि राज्यले अनेक कर लिएर सताइरहेको अटोरिक्सा सञ्चालक वीरबहादुर विष्टले बताउनुभयो ।
‘स्वरोजगार बन्न चाहनेलाई पनि सहुलियत दिनुको सट्टा नगरपालिका र यातायात व्यवस्था कार्यालयले दोहोरो कर लिएर समस्या थपिरहेको गुनासो व्यवसायिहरुको छ ।