सुर्खेत, १५ असोज (जागरण) । कर्णाली प्रदेशका युवाहरुले विदेशिने युवाहरुलाई रोक्न नसके विकास हुन नसक्ने बताएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थानीय तहको नीति निर्माण तथा वैदेशीक रोजगारका विषयमा अकाउन्टीविलीटी ल्यापले आयोजना गरेको छलफलमा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।
सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने भन्दै उनिहरुले विकासमा युवा सहभागिता हुन नसके विकासले गति लिन नसक्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै युवा गगनसिक ठकुरीले युवाहरुलाई स्वरोजगारमुखि काममा लगाई स्वदेशमै रोक्नुपर्ने बताउनुभयो ।
उहाले स्वदेशमै काम गर्ने इच्छा भएको युवाहरुलाई नीतिगत रुपमा नै वातावरण नबनाइएको बताउनुभयो ।
अर्का सहभागि ललित भट्टराइले विदेश गएका युवाहरु स्वदेशमा फर्किने वातावरण बनाउनुपर्ने भन्दै त्यहा सिकेका सिपहरु प्रयोग गर्नुपर्ने बताउनुभयो ।
सहभागी युवाहरुले विषेशत युवा विदेशीनुमा पछाडी सुचना, जनचेतनाको कमी भएको बताएका भन्दै स्वरोजगार सम्बन्धी जानकारी दिन आवश्यक रहेको बताएका छन् ।