सवारी दुर्घटनामा परी १० घाइते

सुर्खेत, १९ असोज (जागरण) । सवारी दुर्घटना हुँदा सुर्खेतको वीरेन्द्रनगरमा १० जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जबाट जुम्ला जाँदै गरेको गो-कर्णालिको भे १ ज १०८४ नम्बरको बलेरो जीप वीरेन्द्रनगर नगरपालिका वडानम्वर १४ र गुराँस गाउँपालिका ५ को सिमाना रातानाङ्ला नजिकै दुर्घटना भएको हो ।
जीप भिरबाट करिव २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।