नगरपालिकाले जनतालाई दसैंमा दियो बस सेवा ‘उपहार’

दैलेख, १९ असोज (जागरण) । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ ।
कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यका साथ नगर बस संचालनमा ल्याइएको हो । नगर बस संचानलमा आएपछि स्थानीय नागरिकहरु खुसी भएका छन् ।
चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिएको जानकारी दिनुभयो ।
पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारणलाई यातायात सेवालाई सहज बनाउने उद्देश्यका साथ नगर बस सेवा संचालन गरिएको उहाँले बताउनु भयो । अब निरन्तर पालेतडा देखि तीजडामासम्म नगर वस सेवा संचालन हुने उहाँको जानकारी दिनुभयो ।


नगरपालिकाका प्रायः वडाहरु सडक संजालसंग जोडिसकेको र गाउँमा तत्काल खोजेको समयमा गाडी नपाउने तथा सानै कामका लागि पनि गाडी रिजर्व गरेर नै यात्रा गर्नुपर्ने भएकाले गरिव, असहाय र असक्तका लागि गाडी रिजर्व गर्न निकै गाह्रो हुने गरेको उहाँको भनाई छ ।
जेष्ठ नागरिक, बाल–बालिका र अपांगता भएका व्यक्तिहरु निःशुल्क सेवा प्रदान गरिने उहाँको भनाई छ ।
लामो तथा छोटो दुरीका जीपहरुले महिला, बालक, वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज र सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा नगर सभाबाट ३५ लाख बजेट विनिजोजित गरी नगर बस संचालनमा ल्याइएको चामुण्डाविन्द्रासैनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिनुभयो ।
सहुलियत भाडा दर कायम गरी नगरपालिकाले २१ सिट क्षमता भएको बस संचालनमा ल्याएको त्यहाँबाट पत्रकार मदन बिकले जानकारी दिनुभएको छ ।