उपाध्यक्षले आफ्ना श्रीमानलाई नै होमस्टेको जिम्मा दिएपछि…(अडियो सहित)

सुर्खेत, २० असोज (जागरण) । जुम्लाको तातोपानी गाउँपालिका सम्भावना नै सम्भावना भएको स्थानिय तह हो । धेरै सम्भावनामध्ये एक हो पर्यटन । तातोपानी गाउँपालिकामा २४ वटा ताल समेत रहेको पाटन छ । त्यतिमात्रै होइन अर्को पर्यटकिय क्षेत्रको नाम नै तातोपानी हो । जसको नाम नै गाउँपालिकाको नाम बन्न सक्यो । तातोपानी गाउँपालिकाका जनप्रतिनिधिहरुले समग्र विकासका लागि हरपल लागिरहेको दावी गर्दछन् । साथै पर्यटन नै विकासको मूल आधार हो भन्ने निष्कर्षमा आफूहरु पुगेको जनप्रतिनिधिको भनाई छ । जनतासँग जनप्रतिनिधी अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिकाका उपाध्यक्ष गंगादेवी उपाध्यायसँग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सवैभन्दा पहिला तपाईहरुले गाउँपालिकामा के के गर्नुभएको छ ? भनेर सोधेका छौँ ।

सुनौँ यो कुराकानीः