विश्व हुलाक दिवसः समयानुकुल परिमार्जन हुने सकेन

सुर्खेत, २२ असोज (जागरण) । आज विश्व हुलाक दिवस । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो ।
नेपालले भने त्यो संघको सन् १९५६ मा सदस्यता लिएको थियो । सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । तर नेपालको हुलाक सेवा समयसापेक्ष परिवर्तन हुन नसक्दा महत्व समेत घटेको छ ।
पछिल्लो समय प्रविधिको विकासले अन्य द्रुत सञ्चार साधन प्रयोगकर्ता बढेका छन् । हिजोआज हुलाक प्रयोगकर्ताहरुको संख्या निकै कम छ ।
हुलाक निर्देशनालय सुर्खेतका अधिकारीहरुका अनुसार संस्थागत चिठ्ठीपत्र आदान प्रदानका लागि मात्रै पछिल्लो समय हुलाकको प्रयोग गर्ने गरिएको छ ।