दीपेन्द्र ओली ।
सुर्खेत, २३ असोज (जागरण) । कर्णाली प्रदेशका विभिन्न स्थानिय तहहरुमा नागरिकहरुले पछिल्लो समय अड्डा अदालतभन्दा स्थानिय तहको न्याय सम्पादनलाई विश्वास गर्न थालेका छन् । अदालतमा एउटाको जीत र अर्काको हार हुने गरेकोमा गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा हुने न्यायिक समितिले मेलमिलाप गराई सद्भावपूर्ण सम्वन्ध बनाइदिने गरेका छन् । सल्यानको कपुरकोट गाउँपालिकामा पनि यस्तै छ । स्थानिय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार दिइएको छ । कार्यपालिका तर्फको कामअन्तर्गत चालु आर्थिक वर्षको योजना कार्यन्वयन गर्ने बेला पनि भएको छ । सल्यानको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तीला बुढासँग योजना कार्यन्वयनको अवस्था र न्याय सम्पादनबारे कुराकानी गरेका छौँ ।
यो सुन्नुहोस् बुढासँगको कुराकानीः
डोल्पाको त्रिपूरा सुन्दरीः
कर्णाली प्रदेशभित्रको पनि दुर्गम मानिने डोल्पा जिल्लाको त्रिपूरा सुन्दुरी नगरपालिकामा भएको न्याय समितिले विवाद टुङ्गो लगाए पठाउने गरेको छ । त्यहाँ विवादमा मुछिएका पक्षहरु एक आपसमा ढोगभेट गरेर फूलपाती लगाउँदै फर्किन्छन् । योजना कार्यन्वयनतर्फ पनि राम्रो काम गर्ने प्रयास भएको छ । त्यहाँ छोटो समयमै सवै ११ वटै वडामा सडक पु¥याउन सफल भएको छ । ‘ऐतिहाँसिक, धार्मिक र साँस्कृतिक धरोहरः प्रकृति र पर्यटनको समुन्नत नगर’ भन्ने मूल नाराका साथ अघि बढेको त्रिपूरा सन्दरीमा न्याय सम्पादनको काम समेत सजिलैसँग हुने गरेका जनाइएको छ ।
सुनौँ डोल्पाको त्रिपूरासुन्दरी नगरपालिकाका उपप्रमुख चन्द्राकुमारी बुढा सँगको कुराकानीः