मुगु, २३ वैशाख (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुगुका आगलागी पिडितलाई राहत सामग्री वितरण गर्नुभएको छ ।
आज मुगु पुग्नुभएका मुख्यमन्त्री शाहीले आगलागी पिडीतलाई राहत सामाग्री वितरण गर्नुभएको हो ।
विहीबार मुगुम कार्मरोङ्ग गाँउपालीका ४ किम्री मुगुका आगलागी पिडितका लागी मुख्यमन्त्री शाही राहत लिएर जानुभएको हो ।
विहिवार भएको आगलागी वाट १७ घर जलेर क्षती भएको तथा १ सय १२ जना आगलागीवाट प्रभावित भएका थिए ।
नेपाल सरकार गृहमन्त्रालयको आपतकालीन कार्य संचालन केन्द्रवाट त्रिपाल ३४ वटा, सिलिपङ्गि ब्याग १ सय १२ वटा,कम्बल ५१ वटा, ज्येष्ठ नागरिक तथा वालवालीकाको लागी बाक्लो ज्याकेट १ सय १२ वटा, चप्पल १ सय १२ जोर र टावेल १७ वटा राहतका सामाग्री प्राप्त भएको थियो ।
केन्द्रिय सरकारको राहत संगै कर्णाली प्रदेश सरकारका तर्फवाट चिउरा २ सय केजी,दाल ७५ केजी, चिनी १ सय केजी र विस्कुट ३६ पोका लिएर नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्रीको टोली किम्री गएको हो ।
केन्द्रिय सरकार र प्रदेश सरकारको राहतको साथै जिल्ला दैविक प्रकोप उद्धार समितिले पनि राहत वितरण गरेको छ । राहत वितरण गर्ने समयमा अागलागी पिडीतहरु भावुक भएका थिए ।