अव श्रीमती नकुट्ने भन्दै छुटे वडा अध्यक्ष

विश्व नाथ सिम्खडा ।
कालिकोट, २४ असोज (रेडियो चंखेली) । फेरी श्रीमतिलाई नकुट्ने कागज गरेपछि कालिकोटको शुभकालिका गाउँपालिका १ का वडा अध्यक्ष वीरबहादुर बुढालाई प्रहरीले छोडेको छ ।
आफ्नी श्रीमतीलाई कुट्पिट गरेको भन्दै प्रहरीले ३४ वर्षिय वडा अध्यक्ष बुढालाई नियन्त्रणमा लिएको थियो ।
अत्यधिक मदिरा सेवन गरेर वडा अध्यक्षले श्रमतिलाई कुटेको मौखिक सुचनाका आधारमा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काािलकोटका प्रमुख श्याम बावु वलियाले बताउनुभयो ।
प्रक्राउ परेका बुढा नेपाली कांगे्रसबाट प्रतिनिधित्व गर्दै वडा नं १ मा निर्वाचित हुनुभएको हो ।