वडा भवन बनाउने बेलाको रकम पाएनौँः कामदार र व्यवसायी (अडियो सहित)

सुर्खेत, २४ असोज (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाका वडा कार्यालयहरु निर्माण कार्य गरेका कामदार र व्यवसायीले आफूहरुलाई ठेकेदारले रकम ठगेको गुनासो गरेका छन् ।
६ महिनाअघि निर्माण सम्पन्न भएका वडा कार्यालयहरुमा विजुलीको वाइरिङ्ग गर्दा लागेको सामान र वाइरिङ्गमा खटिएका कामदारको ज्याला ठगिएको हो ।
वडानम्वर ३ र ४ को कार्यालय भवन निर्माण गर्दा आफूले वाइरिङ्गको सवै सामान उपलव्ध गराएको तर रकम नदिएको स्थानिय व्यवसायी कृपा रिमालले जागरणलाई बताउनुभयो । उहाँले सामान र कामदारको ज्याला गरी दुई लाख भन्दा धेरै रकम ठगी भएको गुनासो गर्नु भएको छ ।
गत आर्थिक वर्षमा पञ्चपुरी नगरपालिकामा करिव एक करोड रुपैयाँको लागतमा वडानम्वर ३, ४, ८ र ९ का वडा कार्यालय भवन निर्माण गरिएको थियो ।
आफूहरुले नगरपालिकामा निवेदन दिएपछि व्यवसायी र कामदारको सहमतिबिना ठेकेदारलाई रकम भुक्तानी नदिने नगरपालिकाले आश्वासन दिए पनि पछि सुटुक्क भुक्तानी दिएको रिमालले गुनासो गर्नुभयो ।

सुन्नुहोस् रिमालको गुनासोः

यता नगरपालिकाले भने रकम ठगिएको भन्ने निवेदन भुक्तानी भइसकेपछि आएकाले समस्या भएको प्रतिक्रिया दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पित्रीभक्त गिरीले रकम ठगिएको बारे पहिला थाह नभएको र पछि भुक्तानी भइसकेपछि निवेदन आएको बताउनुभएको छ । यद्यपी, उहाँले ठगिएको भनिएको रकम उपलव्ध गराउन आफूहरुले पहल गर्ने बताउनुभएको छ ।

सुन्नुहोस् गिरीको भनाईः

निर्माणको जिम्मा लिएका ठेकेदार रतन सिंहले भने योजनामा घाटा हुँदा रकम दिन ढिला भएको स्वीकार गर्दै केही दिनमै रकम उपलव्ध गराउने बताउनुभएको छ ।

सुन्नुहोस् सिंहको भनाईः