हुम्लाको यारी नाका सञ्चालन भएपछि कर्णाली प्रदेशका सरोकारावाला खुसी (अडियोसहित)

सुर्खेत, २६ असोज (जागरण) नेपालको कर्णाली प्रदेश र चीनसँग जोडिएको यारी नाका सञ्चालनमा आएपछि कर्णाली प्रदेशका सरोकारवालाहरुले खुसी व्यक्त गरेका छन् ।
हुम्ला जिल्लास्थित यारी नाकालाई नेपाल र चीनको केन्द्रिय व्यापारसँग जोड्नुपर्ने उनीहरुको जोड छ । कर्णाली प्रदेशको सिमाना चीन बाहेक अरु देश सँग जोडिएको छैन ।
समुन्द्री सतहबाट ३६ सय ४० मिटर उचाइमा रहेको हुम्लाको यरी नाका नेपाल–चीन जनस्तरमा जोडिएको नाका हो । तर यो नाका दुई देशबीचको केन्द्रीय ब्यापारसँग जोडिएको छैन ।
आफूहरुको व्यापार विगतदेखि नै चीन सँग रहेको बताउँदै अव यसलाई चीन र नेपालको केन्द्रिय व्यापारसँग जोड्नुपर्नेमा यारी नाका रहेको हुम्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ्ग लामाले कर्णाली रैबारलाई बताउनुभयो ।

हुम्लाका स्थानीय नागरिकहरु दैनिक उपभोगका खाद्यन्न तथा निर्माण सामग्रीका लागि चीनीयाँ बजार ताक्लाकोटसम्म पुग्ने गरेका छन् ।
ताक्लाकोटबाट सीमा नाका यारीसम्म चीनले सडक निर्माण गरेको भए पनि त्यहाँबाट यता नेपाली भूमि सडक सञ्जालसँग जोडिएको छैन ।