भेरीको दुषित पानी पिउन बाध्य छन् नागरिकहरु (अडियोसहित)

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका वडानम्वर १० तातापानी बच्छीका नागरिकहरु भेरी नदीबाट ल्याइएको दुषित् पानी पिउन बाध्य भएका छन् ।
गाउँमा शुद्ध खानेपानीको सुविधा नभएपछि स्थानिय नागरिकहरु भेरी नदीमा गएर पानी ल्याई पिउन बाध्य भएका हुन् ।
वि. सं. २०६८ सालदेखिको तातापानीमा बसोबास गरेका नागरिकहरुले पटक पटक सरोकारवालालाई खानेपानीको व्यवस्था गरिदिन अनुरोध गरे पनि अहिले सम्म समस्याको समाधान नभएको हो ।
स्थानिय नागरिक कृष्णबहादुर खत्रीकाअनुसार दुषित् पानी सेवन गर्दा त्यो गाउँमा धेरै नागरिकहरु विरामी पर्ने र कतिपयको दुषित पानीकै कारण रोग लागेर मृत्युसमेत भएको छ । बच्छी गाउँमा एक सय ३० घरधुरीको बसोबास छन् ।

तातापानीका लागि पञ्चपुरी नगरपालिकाले विभिन्न योजना घोषणा गरे पनि वजेट अभावले पूरा हुन सकेको छैन ।
पञ्चपुरीका नगर प्रमुख उपेन्द्रबहादुर थापाकाअनुसार तातापानीमा खानेपानी योजना निर्माणको काम क्रमिक रुमा चलिहरेको छ ।
लागत रकम धेरै हुने भएकाले योजना निर्माण पूरा हुन केही समय लाग्ने नगर प्रमुख थापाले बताउनुभयो ।