रकम अभावकै कारण शिक्षाबाट कोही व्यक्ती पनि वञ्चित हुँदैन

भावना हमाल
दैलेख, २८ असोज (रेडियो धुव्रतारा) । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले गरिब बालबालिका रकम अभावकै कारण शिक्षाबाट वञ्चित नहुने बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गर्न लागेको इएलपी दोश्रो चरणको कार्यक्रम बारे डाँडापराजुलमा भएको कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।
नागरिकहरुलाई उत्पादनमूलक काममा प्रेरित गर्न गरिब परिवारका बालबालिकालाई शिक्षा दिएर समृद्धि ल्याउन गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको बताउनुभयो ।
उहाले शिक्षा पाउने अधिकार प्रत्येक नागरिकहरुको भएको भन्दै आर्थिक अभावमा कोहि पनि शिक्षा प्राप्तीमा वञ्चित नहुने उहाको भनाई छ ।
उहाले गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको भन्दै भूमिहीन र आवासको समस्या भएका दलितहरुका समस्या समाधानका लागि सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष सीता ज्ञवालीले पनि शिक्षाको विकास बिना कुनैपनि विकासको अर्थ नहुने बताउनुभयो ।
यस्तै, अनौचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले संविधानमा आवासको अधिकार व्यवस्था भएको तर कतिपय गरिब तथा भूमिहीनहरुले आवासको सुविधा नपाएको अवस्था रहेको भन्दै आफुहरुले संचालन गर्ने परियोजनाले यसमा वकालत तथा पैरबी गर्ने जानकारी दिनुभएको छ ।