बाल विवाहमा संलग्न ७ जना पक्राउ

सल्यान, २९ असोज (रेडियो राप्ती) । सल्यानमा बाल विवाहमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कपुरकोट गाउँपालिका ५ जामुनेबाट विवाह गरिरहेको समयमा बेहुला, बेहुली, उनिहरुका आमाबुबा र बिबाह बनाउने ब्राहमणलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
बाल बिबाह गरिरहेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुहामले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
स्थानिय सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत बालक र ८ मा अध्ययनरत बालिकाले भागि विवाह गरेका थिए ।
हिन्दु परम्परा अनुसार विवाहमा लागेका उनिहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत सल्यानबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हो ।
बालविवाहको कार्यमा संलग्नको नाम गोप्य राखिएको छ ।