कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार नियमीत अनुगमन गरिने

शंकर केसी
सल्यान, २९ असोज (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिका भित्र पर्ने सबै बजार अनुगमन हुने भएको छ । कपुरकोट गाउँपालिकामा आज बसेको उपभोक्ता हित संरक्षण समितीले बजार अनुगमनलाइ प्रभावकारि बनाउने निर्णय गरेको हो ।
समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वस्तु वा सेवाको दर्ता, आपुर्ति, मूल्य, गुणस्तर, नापतौल लगाएतका ब्यापारीक क्रियाकलापहरुलाइ उपभोक्तामैत्री बनाउन अनुगमन गर्ने निर्णय गरेको समितीका सदस्य कमल घर्तीले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रमुख बजार कपुरकोट, वडा नम्बर १ को दहवन र बगाले विसौना, वडा नम्बर २ को गर्पा, वडा नम्बर ५ को खालि र शितलबजार, वडा नम्बर ६ को छायाँनाथ बजार अनुगमन गर्ने निर्णय भएको घर्तीले बताउनुभएकोे छ ।