विपत् प्रतिकार्य सम्बन्धि तालिम मुगुमा संचालन

खड्क सुनार
मुगु, २९ असोज (रेडियो सौर्यदय) । नेपाली सेनाले समाजका अगुवालाई विपत् प्रतिकार्य सम्बन्धि तालिम मंगलबारबाट मुगुमा संचालन गरेको छ ।
सुरक्षा बेस नेपाली सेना मुगुले छायानाथ रारा नगरपालिका, सोरु गाउपालिका, खत्याड गाउपालिका र मुगुमकार्मारोङ्ग गाउपालिकाका जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र जिल्लाका संघसंस्थाका प्रतिनिधिलाई आजदेखि चारदिने तालिम दिएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहका अनुसार तालिममा ८० जनाले सहभागीता जनाएको बताउनुभएको छ ।