दैलेख २९ ,असोज (जागरण) । नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले नगरको विकास र परिर्वतनका लागि निकै पहल गरिरहेको बताउनुभएको छ ।
उहाँले ‘यो चालु आर्थिक बर्षमा शिक्षा ,स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिक्तामा राखेको बताउनुभयो ।’ तर, बजेट भने सडक निमार्ण लगाएतका पुर्वाधारहरुका धेरै विनियोजित गरेको उहाँको भनाई छ ।
नगरपालिकामा तीन आर्थिक बर्षमा उल्लेखीय काम भएको भन्दै खड्काले शिक्षा क्षेत्रको गुणस्तरीयता र शिक्षक जनप्रतिनिधिले आफ्ना बालबालिकालाई नीजि विद्यालयमा पढाउँन नपाईने गरि कार्यनीति बनाईरहेको बताउनुभयो ।
दैलेख सदरमुकामको सडकको अबस्था बदल्नका लागि अहिले आवाश्यक बजेट विनियोजन गरिएको छ,उहाँले भन्नुभयो सडकलाई दिगो बनाउँन सकिदैन ,तर पनि हामीले स्थानीय सरकार स्थापना भईसकेपछि सडकको अबस्थामा निकै परिर्वतन गरेका छौँ ।खड्काले जागरण सँग कुराकानी गर्दै भन्नुभयो ‘अहिले सबै वडाहरुका बाह्रै महिना सञ्चालन हुने गरि सडक निर्माण भईसकेका छन । अब तीँ सडकको स्तरोन्नतीमा नगरले पहल थालेको छ ।
दैलेखको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का सँग पंखबहादुर शाहीले गरेको कुराकानी : ( सुन्नुहाेस अडियो )