सुर्खेत, ३० असोज (जागरण) । कर्णाली प्रदेशका सरोकारवालाहरुले सरकारले युवाहरुको लागि काम गर्ने वतावरण बनाउन नसक्दा विदेशिने दर बढेको बताएका छन् ।
अकाउन्टीविलीटीले आज राजधानी वीरेन्द्रनगरमा स्थानीय तहको नीति निर्माणमा वैदेशीक रोजगारका विषयमा जनप्रतिनिधि र स्थानीयतहका सरोकारवालाहरु बिचको छलफलमा उनिहरुले युवाहरुलाई काम गर्ने वातावरण बनाउन सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागी ललित भट्टराईले युवा स्वरोजगार भनेर विभिन्न खालका वहस, फुटकर कार्यक्रमको औचित्य नभएको बताउदै स्वरोजगारमुलक काम गर्न सुझाव दिनुभयो ।
यस्तै, युवा अभियान्ता अनिल ढकालले सरकारले युवाहरुमुखी कार्यक्रम नल्याउदा युवामा देश प्रेमको भावना हराईसकेको भन्दै उनिहरुको मनस्थिति बदल्ने खालका कार्यक्रम सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य संघका प्रतिनिधि भद्र भण्डारीले युवालाई स्वरोजगार बनाउनको लागि अभियानकै रुपमा अगाडी बढ्न आवश्यक रहेको भन्दै स्थानीय सरकारहरुले त्यस अनुसारको काम नगरेको बताउनुभयो
यता, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदिले वीरेन्द्रनगरमा अहिले च्याउमा आत्मनिर्भर भएको भन्दै यसमा धेरैजसो युवाहरुले काम गरिरहेको बताउनुभयो ।
युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम नगरपालिकाले बनाएको भन्दै व्यावासायीक रुपमा अगाडी बढ्न चाहाने युवाहरुलाई अनुदानको व्यवस्था गरिएको उहाले बताउनुभयो ।
उहाँले वीरेन्द्र नगरपालिकाले एकसय १२ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउनुभयो ।
यस्तै नगरप्रमुख सुवेदिले आफ्नो नगरपालिकाले डाटा संकलन देखि हरेक कार्यमा अघि बढाएको जानकारी दिनुभयो ।