उपचाररत पत्रकार बोहराको सहयोग रकम जुट्दै

खड्क सुनार
मुगु, ३० असोज (जागरण) । नेपाल पत्रकार महासंघ शाखा कार्यालय मुगुले महासंघका हुम्ला शाखा अध्यक्ष अर्जुन बोहराको उपचार खर्च संकलन शुरु गरेको छ ।
महासंघको पहलमा मुगुका विभिन्न माध्यममा कार्यरत पत्रकारहरुबाट आज मात्र १० हजार रकम संकलन गरि पठाएको हो ।
रकम संकलन हुन शुरु गरेको भन्दै धेरै ठाउँबाट सहयोगको प्रतिवद्धता आएकाले अबको केहिदिनमा ५० हजार रकम संकलन हुने महासंघ जिल्ला अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो ।
मस्तिष्क घातका कारण अस्पतालमा भर्ना गरिएका बोहोराको आर्थिक अभावका कारण अहिले उपचार हुन सकिरहेको छैन् ।
उहाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले रकम संकलन गर्न शुरु गरिएको मल्लले बताउनुभयो ।
उहाको काठमाडौंको बाँसघारीस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । मस्तिष्क घातका कारण उहााको शरिरको दाइने भाग चल्न छोडेको छ ।
बोहोरा नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष हुनुहुन्छ । बोहोराको उपचारका सहयोगका लागि सबै सुभेच्छुकलाई अपिल गरिएको छ । उहालाई सहयोग गर्न इच्छुकले बिष्णु बोहोराको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक हुम्ला शाखाको खाता नम्बर ४१९०००४९२७१० मा जम्मा गर्न सकिने छ ।