कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि महोत्सव संचालन गरिँदै

पंखबहादुर शाही
सुर्खेत, २ कात्तिक (जागरण¬) । कर्णालीमा ‘प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको आयोजना तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा पर्यटन प्रबद्धनका लागि मंसिर १८ देखि २४ गतेसम्म सुर्खेतको खुलामञ्चमा महोत्सव हुने भएको हो ।
‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबैं जुटौं’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिउको छ ।
स्वदेशी बस्तुको उत्पादन बढाई रोजगारका अबसरहरु श्रृजना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउँने, कर्णालीमा भएका लघु घरेलु तथा साना उद्योगहरुको उत्पादनलाई प्रदशनीको माध्यामबाट क्रेता विक्रेता बीचको सम्बन्ध बढाई बजार प्रवद्र्धन गर्ने उद्देश्यले प्रर्दशनिको आयोजना गर्न लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्दबहादुर विसीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा तीन सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यावसायीहरुका उत्पादनहरुको स्टल रहने छ ।
कर्णालीका १० ओटै जिल्लाहरुबाट ५÷५ जना उद्यमीहरुको सुनिश्चितता गरिएको छ ।
प्रदर्शनीको अवधीमा २ लाख व्यक्तिले महत्सवको अवलोकन गर्ने भन्दै अध्यक्ष विसीले ५ करोड भन्दा धेरै आर्थिक कारोबार हुने अपेक्षा लिइएको बताउनुभयो । महोत्सव सञ्चालनका लागि ८० लाख बराबरको रकम खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवमा नेपाल पर्यटन बर्ष २०२० लाई प्रत्यक्ष सघाउ पुग्ने गरी कर्णालीका पर्यटकीय क्षेत्रहरुको प्रसार–प्रसार गर्नुका साथै लोक संस्कृतिलाई झल्काउने विभिन्न कला प्रदर्शन गरिने छ ।
कर्णाली प्रदेश सरकारको समृद्ध कर्णाली सुखी कर्णाली बासी भन्ने नारालाई सार्थक पार्न समेत महोत्सवले ठुलो भुमिका खेल्ने आयोजकको दाबी छ ।