बसपार्कमा यात्रु तानातान गरे पाँच सय जरिवाना

सुर्खेत, २ कात्तिक (जागरण) । बसपार्कमा जथाभावी रुपमा यात्रु तानातान गर्न नपाइनेगरी वीरेन्द्रनगर नगरपालिकाले कार्यविधि तयार गरेको छ ।
नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा पाचँ सय जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ ।
वीरेन्द्रनगरमा रहेको नवनिर्मित बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नको लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क सञ्चालन कार्यविधि निर्माण गरेको हो ।
नगरपालिकाको स्वामित्वमा रहेको सिटी बसपार्कलाई व्यवस्थापन गर्नुको साथै नगरको बस पार्किङ व्यवस्थापन गर्नको लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ७ बमोजिम कार्यविधि निर्माण गरिएको नगरपालिकाका प्रमुख देव कुमार शुवेदीले बताउनुभयो । …आवाज…
उहाका अनुसार कार्यविधिमा बसपार्कभित्र सवारीसाधनको साथै टिकट काउण्टरको तथा पसलको व्यवस्थापनको लागि विभिन्न शुल्कको व्यवस्था गरिएको छ ।
त्यसैगरी तोकिएको स्थानमा पार्किङ, नगर्नुका साथै बसपार्क्भित्र टा«फिक नियमपालना नगरेमा एक हजार जरिवाना तिर्नुपर्ने भएको छ । साथै गल्ती दोहोरिएमा दोब्बर जरिवाना बुझाउनुपर्नेछ ।
कार्य्विधिमा बसपार्कमा प्रवेश गर्ने लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ ।