स्वास्थ्य संस्थामा दक्ष चिकित्सक नहुँदा लाखौँ मूल्यका उपकरण प्रयोग विहिन

खड्क सुनार
मुगु, २ कात्तिक (रेडियो सौर्यदय) । मु्गुको छायानाथरारा नगरपालिका वडा नम्बर ९ मुर्मा टपको माझ घट्टमा रहेको हेल्थपोस्टमा विभिन्न संघ–संस्थाबाट सहयोगार्थ आएका सामानहरु दक्ष चिकित्सक नहुँदा कोठामा थन्किएका छन् ।
मुगुको सदरमुकाम गमगढी बजार बाट ५ घण्टा टाढा रहेको हेल्थपोष्टमा दक्ष चिकित्सकक अभाव हुदा त्यहाका स्थानीय बासीले सहजै रुपमा सेवा लिन पाएका छैनन् ।
घर नजिकै हेल्थपोष्ट भएपनि गुणस्तरीय सेवा प्रवाह नहुदा जीवन र मृत्युको मुखमा रहेको त्यहाका स्थानीयले गुनासो गरेका छन् ।
२०६१ सालमा स्थापना भएको हेल्थपोष्ट अझ सम्म पनि गुणस्तरीय सेवा नदिएको हेल्प नेपाल हेल्थ पोस्टका अध्यक्ष बिर्खबहादुर रोकायाले बताउनु भएको छ ।