सुर्खेत, २४ वैशाख (सुर्खेत) । सुर्खेत प्रहरीले दुई दिनको अवधिमा वीरेन्द्रनरबाट जुवा खेलिरहेका ८ जनालाई नगदसहित पक्राउ गरेको छ । सामाजिक विकृति हटाउन छड्के गस्ती गरिरहेको प्रहरीले जुवाडेलाई पक्राउ गरेको हो ।
प्रहरी आज (सोमबार) वीरेन्द्रनगर नगरपालिका वडा नंं. ४ भैरवस्थानमा रहेको प्रतिक होटलमा जुवा खेलीरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका वडा नं. २ भई भैरवस्थानमा होटल संचालन गरिरहेका ऐन बहादुर शाही, अछाम तुर्माखाँद गउपालिका वडा नं.४ का डेकेन्द्र बुढा, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ९ का हर्क बहादुर थापा, दैलेख दुल्लु नगरपालिका ३ का अनिल कार्की र दुल्लु नगरपालिका वडा नं.९ बस्ने बर्ष ३१ का छत्र बहादुर खड्का रहेका छन् ।
जुवाको खालबाट उनीहरु संगै ३ गड्डी तास, नगद ४९ हजार ३० रुपैयाँ बिभिन्न कम्पनीका चार सेट मोबाईल फोन पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । हिजो साँझ पनि प्रहरीले ३४ हजार पाँच सय नगदसहित तिन जनालाई सुर्खेत पक्राउ गरेको थियो ।