टेकराज केसी
सुर्खेत, ३ कात्तिक (जागरण) । कर्णालीका कर्णाली प्रदेशका करिब ९० हजार बालबालिकाई आज पनि भिटामीन ए र जुकाको औषधी खुवाइदैँ छ ।
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार हिजो करिब ९० हजार बालबालिकालाई भिटामीन ए र जुकाको औषधी खुवाइए थियो ।
निर्देशनालयका सुचना अधिकृत विनोद आचार्यले दिएको जानकारी अनु्सार प्रदेशभरका एक लाख ८१ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने छ ।
सबैभन्दा धेरै बालबालिका सुर्खेतमा ४१ हजार पाँच सय २४ जना छन् भने सबैभन्दा कम डोल्पामा चार हजार २ सय ३८ जना रहेका छन् ।
त्यसैगरी, मुगुमा ६ हजार ४ सय १३ जना, हुम्लामा ५ हजार ८ सय ८९ जना, जुम्लामा १२ हजार ५ सय ४१ लाई भिटामिन ए र जुकाको औषधी खुवाइने छ ।,
यस्तै, कालिकोमा १५ हजार ९ सय ४९ जना, दैलेखमा २९ हजार ८ सय ४ जना, जाजरकोटमा १९ हजार ८ सय ४८ जना, रुकुम पश्चिममा १७ हजार ४ सय ५५ जना र सल्यानमा २७ हजार २ सय ५२ जना बालबालिका रहेको अधिकृत आचार्यले जानकारी दिनुभयो ।
भिटामिन ए र जुकाको औषधी खुवाउनको लागि प्रदेशभर ४ हजार महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिएको आचार्यले बताउनुभयो ।
उमेरअनुसारको बालबालिकालाई औषधीको मात्रा मिलाएर खुवाइने उहाको भनाई छ ।
देशभरका ६ महिनादेखि ५ बर्ष मुनीका बालबालिकालाई भोली पनि भिटामिन ए र जुकाको औषधी खुवाइने छ ।