मालपोत कार्यालय सुर्खेत: काममा ढिलासुस्ती भएको नागरिकको गुनासो (अडियोसहित)

टेकराज केसी
सुर्खेत, ५ कात्तिक (जागरण) । मालपोत कार्यालय सुर्खेतमा सेवा लिन जाने नागरिकहरुले काममा ढिलासुस्ती हुने गरेको गुनासो गरेका छन् ।
उनिहरुले कर्मचारीले समयमा काम गर्न नमान्ने गरेको भन्दै तत्काल सेवा राम्रो बनाउन सुझाव समेत दिएका छन् ।
उनिहरुले कर्मचारहरुको खाजा खाने समय, कार्यालय आउने समयको कुनै टुङ्गो नभएको भन्दै सेवाग्राहीलाई सास्ती हुने गरेको बताएका छन् ।
आज कार्यालयमा सेवा लिन आएका केहि सेवाग्राहीहरुले मालपोत कार्यालयमा भएको ढिला सुस्तीको बारेमा गुनासो गरेका छन् ।
त्यहा पुगेका केहि नागरिकहरुले कर्मचारी खाजा खान गएको एक घण्टा भएको भन्दै नागरिकहरुलाई यसरी हैरानी दिन नहुने बताएका छन् ।

कहिले कतै कहिले कतै घुमाउने गरेको भन्दै यसरी कार्यालयको काममा अलमल बनाएको अन्य केहि नागरिकहरुको गुनासो छ ।

नास्ता खाने समयको बारेमा जान्न खोज्दा कर्मचारीहरुले भने नास्ता खाने समय एक घण्टा भएको बताएका थिए ।

यता, मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्रीले भने कार्यालयलाई अनलाई सिस्टममा लिन थालिएको भन्दै अब काममा ढिला सुस्ती नहुने प्रतिक्रिया दिनुभएको छ ।

उहाले नियमावलीमा ब्रेक समय एक घण्टा भएपनि आफुहरुले सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै आधा घण्टाको समय निर्धारण गरेको बताउनुभयो ।

तर कार्यालयमा काम लिएर जाने जोकोहीले पनि काम सहज ढङ्गले नहुने गरेको बताउने गरेका छन् ।