वन संरक्षण गरि प्रदेशको दिगो आर्थिक विकास गर्ने कर्णाली ससरकारले योजना

पंखबहादुर शाही
सुर्खेत, ५ कात्तिक (जागरण) । वन क्षेत्रको संरक्षण गरि प्रदेशको दिगो आर्थिक विकास गर्नेगरी कर्णाली ससरकारले योजना बनाएको छ ।
कर्णालीका वन क्षेत्रहरुमा प्रसस्त मात्रामा जडिबुटीहरु रहेको भन्दै यसको संरक्षण गरि प्रदेशको विकास गरिबी घटाउने योजना बनाएको हो ।
त्यसको लागि कर्णाली प्रदेश सरकारले सामुदायिक वन परिचालन कार्यक्रम सञ्चालन समेत संचालन गर्न लागिएको बताएको छ ।
प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्रालयले कर्णालीको आर्थिक विकासका लागि वन क्षेत्रमा संरक्षण गरि जटीबुटी प्रशोधनमा लागिने बताएको हो ।
मन्त्रालयका सुचना अधिकारी तथा सहायक वन अधिकृत शेरबहादुर रोकायाले वन क्षेत्रको संस्थागत विकास गरे अगाडी बढ्ने भन्दै यसले दिगो आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
उहाँले कर्णालीको वनजगल क्षेत्रको लागि पञ्चिबर्षिय कार्ययोजना निर्मार्ण गर्न लागेको समेत जानकारी दिनुभयो ।
सुचना अधिकारी रोकायाले एक जिल्ला एक नमुना फलफुल तथा जडीबुटी वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी ढँगबाट अगाडी बढाउन योजना सुनाउनुभयो ।
कर्णालीमा जम्मा ४ हजार ४ सय ८३ ओटा सामुदायिक, धार्मिक तथा संरक्षित वन रहेको छन ।
प्रदेश भर रहेका सामुदायिक वनक्षेत्रबाट अहिले ३ लाख ७६ हजार ६ सय घरधुरी पुर्ण रुपमा लाभान्वित छन् ।