बुद्धी पुन
सल्यान, ५ कात्तिक (रेडियो राप्ती) । सल्यानका किसान धान भित्र्याउन व्यस्त रहेका छन् । जिल्लाको आधिकाँश स्थानमा किसानहरु धान काट्ने, व्यस्त हुन् ।
खेतमा लह लह झुलेको धानमा पानी परेमा वर्षदिनभरीको दुःख खेर जाने भएकाले तिहार अघि नै खेतको धान भित्र्याउन थालेको बागचौर नगरपालिका १० पिपलनेटाका किसान दिपक लामीछानेले बताउनुभयो ।
यो वर्ष समयमै धान रोपाई भएको र रोग किराको संक्रमण पनि खासै नदेखिएकाले धान उत्पादन राम्रो हुने कृषि बिकास कार्यालय जनाएको छ ।