स्वास्थ्यको पहुँच नभएका ठाउँमा अस्पताल बनाउछौँः मन्त्री वस्नेत

काली बहादुर नेपाली
जाजरकोट, ५ कात्तिक (रेडियो खलंगा) । जाजरकोटका विकट क्षेत्रमा पनि स्वास्थ्य संस्थाहरु स्थापना गर्ने तयारीमा रहेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ ।
जाजरकोटबाट निर्वाचित संघिय सांसद समेत रहनुभएका मन्त्री वस्नेतले सदरमुकाममा मात्र ५० शैयाको अस्पताल भएको भन्दै अब विकट गाउँहरुमा पनि अस्पताल स्थापना गर्ने योजना रहेको बताउनुभयो ।
जिल्लाको पुर्वी क्षेत्रमा रहेको नलगाड नगरपालिका – ७ दल्लीमा १५ शैयाको अस्पताल बनाउने गृहकार्य सुरु भएको उहाको भनाई छ ।
त्यस्तै पश्चिमी क्षेत्रलाई केन्द्रीत गरेर छेडागाड नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको लागि तयारी भईरहेको समेत जानकारी दिनुभयो ।
त्यस्तै उहाँले लिम्सा र गर्खाकोटमा रहेको स्वास्थ्य संस्थाको स्तरउन्नतीको काम पनि सुरु हुँन लागेको बताउनुभयो ।
त्यस्तै स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि र स्थानीय सरकार सञ्चालनका लागि गती दिन पहिलो चरणमा सवै स्थानीय तहको प्रशासकीय केन्द्र रहेका सडकमा पिच गर्न लागिएको उहाँले बतानुभयो ।