खड्क सुनार
मुगु, ५ कात्तिक (रेडियो सौर्यदय) । लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ हुम्ला अध्यक्ष अर्जुन बोहरालाई मुगुबाट ५० हजार सहयोग गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा कार्यालय मुगुले हुम्लाका अध्यक्ष बोहोराको उपचारको लागि ५० हजार रकम संकलन गरी पठाएको हो ।
कार्यसमिति सदस्य र मनकारीहरुको सहयोगमा संकलन गरी बोहोराका दाजु विष्णु बोहाराको हिसाव नम्वर ४१९०००४९२७१० मा आइतवार ५० हजार ६ सय ६५ रुपैयाँ पठाइएको महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले जानाकारी दिनुभयो ।
बोहरा मस्तिष्क घातका कारण गम्भीर बिरामी भई काठमाडौंको न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्छ ।