कर्णालीका ग्रामीण क्षेत्रका अधिकांस नागरिहरु सडकको पहुँचभन्दा बाहिर

सुर्खेत, ६ कात्तिक (जागरण) । कर्णालीका ग्रामीण क्षेत्रका अधिकांस नागरिहरु सडकको पहुँचमा नभएको पाइएको छ ।
कति नागरिक सडक ससञ्जालमा छन् ? प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग एथेष्ट तथ्याङ्क नभएको भएपनि ग्रामीण क्षेत्रका अधिकांस नागरिकहरु सडकको पहुँच बाहिर रहेको पाइएको हो ।
संघिय संरचनअनुसार सरकारहरु बनेको तिन बर्ष भइसक्दा समेत पूर्वाधार विकासको पहिलो आधारको रुपमा हेरिएको सडकको भनेअनुसारको विकास हुन सकेको छैन् ।
प्रदेशमा दश जिल्लामध्य हुम्ला अहिलेसम्म सडक सञ्जालमा जोडिन सकेको छैन् भने अन्य जिल्लाहरु सडक सञ्जालमा जोडिएपनि स्तरउन्नतीको अभावमा सडकको अवस्था पनि नाजुक रहेको छ ।
मन्त्रालयका अनुसार कर्णालीमा एक हजार तीन सय २१ किलोमिटर मात्र सडक सञ्जाल रहेको छ ।
कर्णाली प्रदेशले देशको करिब २२ प्रतिशत क्षेत्रफल ओगटेको छ । तर, त्यसअनुसार, सडक सञ्जाल विस्तार हुन सकेको छैन । कर्णालीका हुम्लामा सडक विस्तार नभएको र डोल्पामा ६० किलोमिटर मात्रै सडक रहेको छ ।
प्रदेशमा रहेको सडकमध्ये पनि पाँच सय ९६ दशमलव ७७ किमि सडक मात्र कालोपत्रे रहेको छ । त्यस्तै, ६२ किमि सडक ग्राभेल र ५ सय ६२ दशमलव ६६ किमि धुले सडक रहेको छ । प्रदेशका १० जिल्लामध्ये हुम्ला सदरमुकाम केही समय अघि मात्र सडक सञ्जालले जोडिएको छ ।
कर्णालीको सबैभन्दा बढी दैलेखमा दुई सय ७५ किलोमिटर र सबैभन्दा थोरै मुगुमा २८ किमि मात्र सडक विस्तार गरिएको छ ।
त्यस्तै, सुर्खेतमा दुई सय ६४ किमि, सल्यानमा एक सय ७५ किलोमिटर, रुकुममा सय ५८ किमि, जाजरकोटमा एक सय ५८ किलोमिटर र कालिकोटमा एक सय ६ किमि छ ।
यस्तै, जुम्ला ९६ किमि र हुम्लामा ६० किमि सडक विस्तार भएको सरकारको तथ्यांकमा उल्लेख छ ।
कर्णाली प्रदेश सरकारको भौतिक विकास मन्त्राल अन्र्तगतको पुर्वाधार निर्देशनालयका अनुसार गत बर्षमा ९० प्रतिशत बजेट सडक पुर्वाधार निर्माणमा खर्च भएको छ ।
निर्देशनालयका ईञ्जिनियर प्रेम बहादुर पाण्डेले यो बर्ष २५ वटा क्रमागत सडकको काम अगाडी बढि रहेको बताउनुभयो ।
त्यसमध्ये १३ ओटा बाटोको डिपिआर खोलि सकेको र १२ ओटाको खोल्न बाँकी रहेको बताउनुभएको छ ।
सुन्नुहोस अडियो…….